क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ।
शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो जानकारी गराएका हुन्।
‘बुधबारदेखि शरीर दुखेजस्तो भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको छ,’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’
संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसेको पनि सन्दीपले जानकारी दिएका छन्। आफू छिट्टै निको भएर खेलमा फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन्।
Hi Everyone, Greetings to all. I have been undergoing regular COVID-19 testing and learned today that I have tested...

प्रतिक्रिया