खेल


के भन्छन् पल्सर अवार्डको पिपल्स च्वाइस विधामा मनोनयनमा परेका खेलाडी? (भिडियो)

के भन्छन् पल्सर अवार्डको पिपल्स च्वाइस विधामा मनोनयनमा परेका खेलाडी? (भिडियो)

लक्ष्मी जि.सी
पुस ३, २०७७ शुक्रबार १२:१७,

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष दिँदै आएको पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधामा ५ खेलाडी मनोनयनमा परेका छन्।

गत वर्ष गरेको प्रदर्शनको आधारमा मञ्चले हरेक वर्ष खेलाडीलाई अवार्ड वितरण गर्दै आएको छ।

पिपुल्स च्वाइस अवार्डमा यो वर्ष महिला खेलाडीको वर्चस्व छ। आगामी पुस २८ गते हुने अवार्डको वर्ष चर्चित खेलाडीमा १३औँ सागमा ४ स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह, दोहोरो स्वर्ण पदक जितेका करातेका मण्डेकाजी श्रेष्ठ, नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता फुटबलकी सावित्रा भण्डारी, सागमै रजत पदक विजेता भलिबलकी कप्तान अरुणा शाही, सागमै रजत पदक विजेता बास्केबलकी कप्तान सदिना श्रेष्ठ पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।

मनोनयनमा परेकामध्ये पौडीकी गौरिका लन्डनमै छिन्। बाँकी चार खेलाडीले यो वर्षको पिपल्स च्वाइसको मनोनयनमा परेकोमा खुसी व्यक्त गरेका छन्। उनीहरुले मनोनयनमा तीव्र प्रतिस्पर्धा हुने बताएका छन्।

सागमा रजत पदक जितेको महिला फुटबल टोलीकी सदस्य सावित्राले गत वर्ष सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्।

सागअन्तर्गत पोखरामा भएको महिला फुटबलका दौडान सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानलाई भंग गरेकी थिइन्। सावित्राको नाममा ३८ गोलको कीर्तिमान छ।

अरुणाको कप्तानीमा नेपालले गत वर्ष एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक र १३औँ सागमा रजत पदक जितेको थियो। त्यस्तै सदिनाको नेतृत्वमा नेपालले १३औँ सागमा महिला बास्केटबलमा रजत पदक जितेको थियो।

गत वर्ष उनीहरुले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चले जनाएको छ। मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवामार्फत भोटिङ, एनएसजेएफको फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा हुनेछ।

मनोनयनमा पर्ने खेलाडीलाई भोट गर्न इ–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ। भोटिङलाइन शुक्रबारबाटै सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ। एकपटकमा १ सय वटासम्म भोट गर्न सकिने मञ्चले जनाएको छ।

के भन्छन् मनाेनयनमा परेका खेलाडीहरू? (भिडियाे)

भलिबलकी अरूणा शाहीः 

फुटबलकी सावित्रा भण्डारीः 

बास्केटबलकी सदिना श्रेष्ठः 

करातेका मण्डेकाजी श्रेष्ठः  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .