खेल


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज

लक्ष्मी जि.सी
पुस २८, २०७७ मंगलबार ०:३४,

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ आज (मगंलबार) आयोजना हुँदै छ।

हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी, प्रशिक्षक र संघलाई एकै थलोमा सम्मान गर्ने गरिन्छ।

यस वर्षको अवार्ड ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा अपराह्न साढे ४ बजे आयोजना गरिने आयोजकले जनाएको छ।

पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम छ। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दि इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान घोषणा आज गरिनेछ।

वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, पिपुल्स च्वाइस र प्रशिक्षकमा ५–५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। जसमध्ये एक–एक जनालाई आज विजेता घोषणा गर्न लागिएको हो।

Mens player of year

उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकमा विजयीले एक/एक वटा पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ प्रदान गरिने खेलकुद पत्रकार मञ्चले जनाएको छ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, कराँतेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। जसमध्ये सर्वाधिक मत प्राप्त गर्ने खेलाडी विजेता बन्नेछन्।

peoples choice

वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्।

यस अवार्ड विजेतामा सागमा दुई दुई स्वर्णपदक जितेका हिसाबले कराँतेका श्रेष्ठ र गल्फका तामाङको सम्भावना बलियो देखिन्छ।

यस्तै वर्ष महिला खेलाडीतर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयमा परेका छन्।

यस अवार्डका लागि पौडीकी सिंह र तेक्वान्दोकी शाक्यबीच प्रतिस्पर्धा हुने देखिएको छ। सिंहले सागमा चार स्वर्णपदक जित्नुभएको छ भने शाक्यले दुई स्वर्णपदक जित्नुभएको छ।

यस्तै वर्ष युवा खेलाडीको मनोनयममा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडेकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ परेका छन्।

वर्षको युवा खेलाडीमा गल्फका सुवास तामाङको नाम बलियो देखिन्छ। तामाङले पहिलोपल्ट गल्फबाट नेपाललाई कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक दिलाएका हुन। उनले सागमा दुई स्वर्णपदक जितेका थिए।

वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।

गतवर्ष सागमा कराँते र तेक्वान्दोका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका कारण उप्रेती र श्रेष्ठबीच वर्षको उत्कृष्ट प्रशिक्षक अवार्डको प्रतिस्पर्धा हुने देखिन्छ। गत सागमा तेक्वान्दोबाट नेपालले १२ तथा कराँतेबाट १० वर्ष हात पारेको थियो।

best coach

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि हो। डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाई) मा हुने अवार्डको प्रायोजन सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीले गरेका हुन्।

अवार्डलाई चारवटा राष्ट्रिय टेलिभिजनहरू एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रसारण गर्नेछन्। यस्तै मिडिया हब, एनएसजेएफको युटुब र फेसबुक पेजलगायत विभिन्न सञ्चारमाध्यमका डिजिटल माध्यमबाट हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .