खेल


प्रधानमन्त्री कप फाइनल : आर्मीले एपीएफलाई दियो २ सय १२ रनको लक्ष्य

प्रधानमन्त्री कप फाइनल : आर्मीले एपीएफलाई दियो २ सय १२ रनको लक्ष्य

नेपालखबर
माघ १७, २०७७ शनिबार ८:०,

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबसामू २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रनको योगफल तयार पारेको हो।

मध्यम सुरुवात गरेका आर्मीका ओपनिङ ब्याट्सम्यान सुशान भारी १३ र अनिल मण्डल ११ रनमा पवेलियन फर्के।

हरि चौहान ५८ रनमा क्याच आउट भए। १ सय २ बलको सामना गरेका चौहान ६ चौका हान्दै अभिनाश बोहोराको बलमा कमल ऐरीको हातबाट क्याचआउट भए। भीम सार्की र कप्तान विनोद भण्डारी समान ७ रनमा आउट भए।

No description available.

छैटौं विकेटका लागि हरि चौहान र राजेश पुलामीले ४४ रनको साझेदारी गरे। २९ बलको सामना गरेका राजेश २८ रन जोड्दै आउट भए। उनले १ छक्का र २ चौका प्रहार गरे। ९ बलको सामना गरेका लोकेश बम २ छक्का सहयोगमा १५ रन जोडे। विक्रम शोब ११ रनमा क्याच आउट भए।

१४ बलको सामना गर्ेका साहब आलम २ चौका र १ छक्का हान्दै २५ रनमा नटआउट रहे भने जितेन्द्र मुखिया शून्य रनमा नटआउट रहे।

कसिलो बलिङ गरेका एपीएफका अविनास बोहोरा एक्लैले ४ विकेट लिए। अभिनासले आफ्नो स्पेलमा २ मेडन राख्दै २५ रन खर्चे।

किशोर महतोले आफ्नो स्पेलमा ५३ रन खर्चेर २ विकेट लिए। कमल ऐरी, भुवन कार्की र शरद भेषावकरले एक एक विकेट लिए।

प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad