खेल


पहिलोपटक महिला भलिबल टोलीले एसियन च्याम्पियनसिपमा भाग लिने

पहिलोपटक महिला भलिबल टोलीले एसियन च्याम्पियनसिपमा भाग लिने

नेपालखबर
माघ २०, २०७७ मंगलबार ५:२३,

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भएको छ।

च्याम्पियनसिप चीनको जियाङमेनमा आगामी भदौ १३ देखि २० गतेसम्म हुने नेपाल भलिबल संघले जनाएको छ। नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो।

संघको गत पुस २ गते बसेको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको थियोे। १६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ।

पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधैँ छनोट हुनेछन्। सो प्रतियोगितामा चीन चौथो भएको थियो। आयोजकले स्वतः च्याम्पियनसिप खेल्न पाउने भएकाले त्यसको ठाउँमा हङकङलाई समावेश गरिएको जनाइएको छ।

साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, भारत र अष्ट्रेलिया शीर्ष १० मा थिए।

बाँकी ५ टोलीबाट क्षेत्रीय छनोटबाट च्याम्पियनसिपमा पुग्नेछन्। नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधैँ छनोट भइसकेका छन्। अब बाँकी रहेका ११ टोलीमध्ये एक टोली सेन्ट्रेल जोनबाट च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार नेपालसहित श्रीलंका र उज्वेकिस्तान पनि एसियन च्याम्पियनसिपका लागि सिधैँ छनोट भएका छन्। कोरोना भाइरसको कारण च्याम्पियनसिप रोक्नुपर्ने भएमा २ महिनाअघि आयोजकले सूचना दिने संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad