खेल


चैत २ देखि देशव्यापी वडास्तरीय टेबलटेनिस प्रतियोगिता, साढे १९ लाख खर्च हुने

चैत २ देखि देशव्यापी वडास्तरीय टेबलटेनिस प्रतियोगिता, साढे १९ लाख खर्च हुने

नेपालखबर
चैत १, २०७७ आइतबार ७:४९,

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा चैत २ देखि ७ सम्म देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत काठमाडौंको लैनचौरमा हुनलागेको हो।

प्रतियोगिताको मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रालि रहेको छ। यस्तै प्रतियोगिताको उपप्रायोजकमा गंगादेवी बस्त्रालय, समाजसेवी पूर्ण शंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि, बाबुरत्न कन्स्ट्रक्सन प्रालि र मेटल सेपर रहेका छन् भने यस प्रतियोगिताको अफिसियल बलको रुपमा डीएच।एस स्पोर्ट्स नेपाल रहेको छ।

यस प्रतियोगिताको लाइभ प्रसारण पनि हुनेछ। त्यसको जिम्मा‘हाम्रो खेलकुद डट कम’ले गर्ने आयोजकले जनाएको छ।

No description available.

यस प्रतियोगितामा नेपाल अधिराज्यभरको वडाहरुबाट पुरुषमा २६ टिमसहित ४३३ खेलाडीहरु तथा महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउनेछन्।

प्रतियोगितामा मेन्स टिम, बुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) गरेर छ स्पर्धा हुनेछन्।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ रहेको छ। पुरुष र महिला एकल स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट) हरूलाई क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार साथै भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट)हरूलाई क्रमशः १० हजार, ५ हजार र २५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

No description available.

प्रतियोगितामा स्वर्णपदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सफल वडालाई नगद ५० हजारका साथै रनिङ्ग शिल्ड पनि प्रदान गरिनेछ।

प्रतियोगितामा राष्ट्रिय टप १६ सम्मका खेलाडीले खेल्न नपाउने आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरका ५० भन्दा बढी वडा सहभाागी हुनेछन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad