दशरथ रगंशालामा हुने थ्री नेसन्स कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मगंलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्नेछ।
प्रतियोगिताको उद्घाटन खेलमा बगंलादेश र किर्गिस्तान खेल्नेछन्। खेल मार्च २३ मा हुनेछ। दोस्रो खेलमा २५ मार्चमा किर्गिस्तानले नेपालसँग खेल्नेछ।
तेस्रो खेलमा २७ मार्चमा नेपालले बगंलादेशसँग खेल्नेछ। मार्च २९ मा फाइनल खेल हुनेछ।
नेपाली राष्ट्रिय फुटबल टोलीले २०१५ पछि दशरथ रगंशालामा कुनै खेल खेल्न पाएको छैन। नेपालले पछिल्लो समय दशरथ रगंशालामा भारतसँग खेलेको थियो।
यो बीचमा विश्वकप छनोटका खेलहरु हुने भनिए पनि कुवेतमा सारिएको थियो।
तर मौसमका कारण जोर्डनले कुवेतमा खेल्न नमानेपछि त्यहाँपनि प्रतियोगिता नहुने सम्भावना बढी छ।

प्रतिक्रिया