खेल


जर्मन बुन्डेसलिगा : बार्यन म्युनिको सानदार जित

जर्मन बुन्डेसलिगा : बार्यन म्युनिको सानदार जित

नेपालखबर
जेठ ९, २०७८ आइतबार २:२०,

रवर्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलसँगै बार्यन म्युनिखले यो सिजनको जर्मन बुन्डेसलिगामा सुखद अन्त्य गरेको छ।

बुन्डेसलिगाबाट यो सिजन बायर्न म्युनिख, लाइप्जिग, डर्टमुन्ड र वल्फ्सवर्गले च्याम्पियन्स लिग खेल्नेछन्। फ्रान्कफुर्ट र बायर लिभरकुसनले युरोपा लिग तथा युनियन बर्लिनले युरोपा कन्फ्रेन्स लिग खेल्नेछन्। एफसी कोल्नले रेलिगेसन प्ले अफ खेल्नुपर्नेछ। वेर्डर ब्रेमेन र साल्के भने रेलिगेसनमा परेको छ।

शनिबार राति भएको खेलमा बार्यनले घरेलु मैदानमा अग्सवर्गलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको हो।

अग्सवर्गविरुद्ध एक गोल गरेका लेवान्डोस्कीले एकै सिजनमा बायर्नमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान कायम गरे। उनले यो सिजन बुन्डेस लिगामा २९ खेलमा ४१ गोल र ७ असिस्ट दिए। लेवान्डोस्कीले यसअघि सन् १९७१–७२ मा गर्ड मुलरले एकै सिजनमा राखेको ४० गोलको कीर्तिमान भंग गरेका हुन्।

लगातार नवौंपटक च्याम्पियन बनेको बायर्नले सिजनको सुखल अन्त्य गरेको हो। बायर्नको जितमा सर्ज जिनाब्री, योसुवा किम्मिख, किङ्सले कोमान र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । अग्सवर्गका आन्द्रे हान र फ्लोरियन नाइडरलेचनरले गोल फर्काए।

पहिलो हाफको नवौं मिनेटमा आत्मघाती गोलबाट अघि बढेको बायर्नले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो। जितसँगै बायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो। बायर्नले दोस्रो स्थानको आरबी लाइप्जिगलाई १२ अंकले पछि पा¥यो। पराजित अग्सवर्गले ३६ अंक जोडेर १४औं स्थानमा लिगको अन्त्य गरेको छ।

यही खेलबाट बायर्नले मुख्य प्रशिक्षक हान्सी फ्लिक, सहायक प्रशिक्षक हर्मन जरल्यान्ड र मिरोस्लाभ क्लोजसँगै खेलाडीत्रय डेभिड अलवा, जेरोमी बोएटिङ र जाभी मार्टिनेजलाई सुखद बिदाई गरेको छ। उनको स्थान युवा प्रशिक्षक जुलियन नागेल्समानले लिनेछन्।

गएराति नै भएको खेलमा बोरुसिया डर्टमुन्डले बुन्डेसलिगाको अन्तिम खेलमा बायर लिभरकुसनलाई ३–१ ले पराजित गर्यो। बोरुसिया मोन्चेतग्लाडवाकसँग ४–२ को हार भोग्दै वेर्डर ब्रेमेन रेलिगेसनमा परेको छ। स्टुटगार्टलाई २–० ले हराउँदै अर्मेनिया विलेफिल्ड रेलिगेसनबाट जोगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad