विपक्षी गोलकिपरले गरेको गल्तीमा भाग्यमानी बन्दा प्रिमियर लिगको यस सिजनमा लिभरपुल अपराजित रहेको छ।
शनिबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो।
पहिलो हाफमा सेफिल्डले लिभरपुललाई बराबरीमा रोकेपनि दोस्रो हाफमा आफ्नै किपरको गल्तीमा गोल ब्यहोर्न पुग्यो।
जर्जियानो वाइनाल्डमले पेनाल्टी क्षेत्र बाहिरबाट ७०औं मिनेटमा गरेको प्रहारलाई गोलकिपर डेयन हेन्डरसनले रोकिसकेका थिए। तर बलकाे नियन्त्रण गुमाउँदा उनको खुट्टा मुनिबाट हुँदै गोल भएको थियो।
यस जितसँगै ७ खेलमा २१ अंकका साथ लिभरपुल शीर्षस्थानमा यथावत छ। दोस्रो स्थानको म्यानच्यास्टर सिटीको भन्दा लिभरपुलको ५ अंक बढी छ।

प्रतिक्रिया