खेल


एभर्टनमाथि सिटीको सहज जित

एभर्टनमाथि सिटीको सहज जित

नेपालखबर
असोज ११, २०७६ शनिबार २२:५४,

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको छ। 

सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे। घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए ।

गुडिसन पार्कमा खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३३ औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको ७१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए।

जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ। दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ। सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ। लिभरपुलको २१ अंक रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad