चार देशीय टी२० शृंखलामा नेपालले कुवेतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
हङकङको मङककमा हुनलागेको खेलमा कुवेतले पहिले ब्याटिङ गर्ने भएको हो।
दुवै टोलीले आज शृंखलाको फाइनल खेल्न लागेका हुन्।
शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो।
नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो भने कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो।
आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दै छन्।
नेपालले यसअघि कतार र कुवेतलाई पराजित गरेको थियो। प्रतियोगितामा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागी छन्।
जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो।
96
Shares

प्रतिक्रिया