युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहितको उच्चस्तरीय टोलीले टोलीले आज (मंगलबार) कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थलगत अवलोकन एवं निरीक्षण गरेको छ।
अवलोकन टोलीमा खेलकुद मन्त्री पोखरेलसँगै प्रतिनिधि सभा सदस्यद्वय आनन्द चन्द र केपी खनाल तथा युवा राजनीतिकर्मी भूपदेव शाहलगायत थिए।
निरीक्षणका क्रममा खेलकुद मन्त्री पोखरेलले फाप्लाको जग्गा प्राप्ति, डीपीआर, ईआईएजस्ता प्राविधिक प्रक्रिया सम्पन्न भई राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा समेत समावेश भइसकेको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा सरकारले यसलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले भने, ‘पर्यटन र समग्र देशको आर्थिक उन्नयनका लागि गेम चेन्जर यस परियोजनाको निर्माणलाई तीव्रता दिने मन्त्रीज्यूको प्रतिबद्धताले यो आयोजनाले अब चाँडै मूर्त रूप लिनेमा हामी पूर्ण विश्वस्त छौँ।’







Shares

प्रतिक्रिया