विश्वकप फुटबलअन्तर्गत समूह 'सी'को दोस्रो खेलमा हाइटीलाई ३-० ले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका म्याथेस कुन्हाले खेलको २३औँ र ३६औँ मिनेटमा २ गोल गरे।

यसपछि पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे।
यसलाई कायम राख्दै ब्राजिल हाइविरुद्ध ३-० ले विजयी भएको हो।
यसअघि समूहको पहिलो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएर १ अंक बनाएको ब्राजिलले आजको जितसँगै ४ अंक जोडेको छ।
योसँगै पाँचपल्टको विश्व च्याम्पियन ब्राजिलले अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
त्यसो त यस समूहमा रहेको मोरक्को पनि ४ अंक नै छ। तर ब्राजिलले गोल अन्तरले अगाडि भएको हो।
27
Shares

प्रतिक्रिया