कतार विश्वकप अन्तर्गत समूह एफको अन्तिम खेलमा घाना र उरुग्वे आमनेसामने हुँदै छन्।
विश्वकप फुटबलमा १२ वर्षपछि घाना र उरुग्वे भिड्दा फेरि एकपटक सुआरेजको ह्याण्ड बलको चर्चा भएको छ।
घानासँगको खेलअघि उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले २०१० को ह्याण्डबलका लागि माफी माग्न अस्वीकार गरेका छन्।
क्वार्टरफाइनल खेलको अन्तिम मिनेटमा गोल लाइनलमा हातले बल रोकेपछि घानालाई पेनाल्टी दिएको थियो। तर पेनाल्टीमा असमोह जियान पेनाल्टीमा चुक्न पुगे।
शुक्रबार हुन गइरहेको घानासँगको खेलअघि सुआरेजले भने, ‘घानाको खेलाडीको पेनाल्टी मिस गरेको हो, मैले हैन।’
त्यतिबेला सुआरेजकै कारण उरुग्वे अघिल्लो चरणमा जाँदा घाना भने घर फर्किएको थियो। अहिलेको घानाको टोली उनको बदलाले भावना बोकेर विश्वकपमा आएको भने होइन।
टोलीका कप्तन आन्द्रे अयुले भने, ‘त्यो बेलामा सबैले नराम्रो महसुस गरेका थिए। तर, अब अर्को चरणमा जानुपर्छ। बदला हैन, सबैले एउटै संकल्प गरेर जितका लागि खेल्नुपर्छ। म पछाडि फर्केर हेर्दिनँ, म विगतलाई ध्यान दिन चाहन्नँ।’
समूह चरणको अन्तिम खेलमा घाना र उरुग्वे भिड्दा अर्को खेलमा दक्षिण कोरिया र पोर्चुगल खेल्नेछन्। शुक्रबारको खेलमा घानाले उरुग्वेलाई पराजित गरे नकआउट चरणबाटै घर फर्काउनेछ।
प्रतिक्रिया