विश्वकप फुटबल अन्तर्गत समूह ईको खेलमा जर्मनी र कोस्टारिकाले अहिले २–२ को बराबरीमा खेलिरहेका छन्।
पहिलो हाफमा जर्मनीले १–० को अग्रता लिए पनि खेलको ५८ औं र ७० औं मिनेटमा गोल फर्काउँदै कोस्टारिकाले खेलमा अग्रता लिएको थियो।
तर, ७३ औं मिनेटमा जर्मनीले पुनः गोल गर्दै खेल बराबरीमा ल्याएको हो।
जर्मनीलाई माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गर्न कोस्टारिकालाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ भने जितको नतिजाले कोस्टारिका माथिल्लो चरणमा पुग्नेछ।
27
Shares
प्रतिक्रिया