दक्षिण एशियाली टोली अष्ट्रेलियाले नकआउट चरणबाटै कतार विश्वकपको यात्रा टुङ्ग्याएको छ।
अहलम बिन अली स्टेडियममा शनिबार मध्यराति भएको खेलमा अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै अष्ट्रेलियाले विश्वकपको यात्रा सक्काएको हो।
पहिलो हाफको ३५ औँ मिनेटमा अष्ट्रेलिया अर्जेन्टिनासँग १–० ले पछि परेको थियो। कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। ५७ औँ मिनेटमा जुलियन अल्भारेजको गोलमा २–० ले पछि परेको अष्ट्रेलिया ७७ औँ मिनेटमा इन्जो फर्नान्डेजको उपहार गोलमा २–१ को अवस्थामा पुगेको थियो।
समुह चरणमा डेनर्माक र ट्युनिसियालाई पराजित गरेको अष्ट्रेलिया नकआउट चरणमा भने खासै खुलेर खेल्न सकेन। विश्वकपमा बलियो टोली अर्जेन्टिनाविरुद्ध निहिर बनेको अष्ट्रेलियाको १६ वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना अधुरै रहेको हो।
अष्ट्रेलिया सन् २००६ पछि पहिलोपटक अन्तिम १६ बाट बाहिरिएको हो। छैटौँपटक विश्वकप खेलेको अष्ट्रेलियाको विश्वकपमा उत्कृष्ट नतिजा भनेकै २००६ र २०२२ मा नकआउट चरण पुग्नु हो।
१९७४ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलिया समूह चरणमै सीमित भएको थियो। दोस्रो सहभागितामा नै अन्तिम १६ मा पुगेको अष्ट्रेलिया त्यसयताका ३ संस्करणमा लगातार समूह चरणबाटै बाहिरिएको थियो।
समुह डी को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको अष्ट्रेलिया समूह सी को विजेता अर्जेन्टिनासँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो।
Shares
प्रतिक्रिया