ad ad

खेल


४० वर्षअघिको नतिजा दोहोर्‍याउन नसकेको पोल्याण्ड

४० वर्षअघिको नतिजा दोहोर्‍याउन नसकेको पोल्याण्ड

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २२:४२, काठमाडौँ

पोल्याण्डको ३६ वर्षपछि क्वार्टरफाइनल पुग्ने सपनामा साविक विजेता फ्रान्स बाधक बनेको छ।  

आइतबार राति दोहास्थित अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्ससँग ३–१ ले पराजित हुँदै पोल्याण्डको विश्वकप यात्रा सकिएको हो। 
फ्रान्ससँग पराजित हुँदै विश्वकप यात्रामा पूर्णविराम लाग्दा सन् १९८२ कै नतिजा दोहोराउन भने पोल्याण्ड असफल रह्यो।

१९८२ मा तेस्रो स्थानका लागि भएको खेलमा पोल्याण्डले फ्रान्सलाई ३–२ ले पराजित गरेको थियो। त्यसयता फ्रान्स र पोल्याण्डको विश्वकपमा भेट भएको थिएन। 

१९८६ मा नकआउट चरणको खेलमा ब्राजिलसँग ४–० ले पराजित हुँदा पोल्याण्डको क्वार्टरफाइनल पुग्ने सपना अधुरै रहेको थियो। 

समूह सी को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको पोल्याण्डले राम्रो खेल पस्किएपनि फ्रान्सको रक्षापंक्ति तोड्न भने असफल रह्यो।  

नवौँ पटक विश्वकपमा सहभागिता जनाएको पोल्याण्ड १९७४ र १९२ मा तेस्रो भएका थियो। त्यो नै पोल्याण्डको विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। १९३ मा विश्वकपमा पहिलो पटक सहभागी भएको पोल्याण्ड पहिलो चरणबाटै बाहिरिएको थियो। 

१९७८ मा दोस्रो चरणबाट बाहिरिएको पोल्याण्ड १९८६ मा नकआउट चरणसम्म पुगेको थियो। त्यसयता सहभागी भएको तिन संस्करणमा पोल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो। पोल्याण्ड ३६ वर्षएपछि नकआउट चरण पुगेको थियो। 

पोल्याण्ड र फ्रान्सबीच अहिलेसम्म १६ खेलमा भेट भएको थियो। ति खेलमा ८ खेलमा फ्रान्स विजयी हुँदा पोल्याण्डले ३ खेल मात्र जितेको थियो। ५ खेलमा भने बराबरीको नतिजा आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .