ad ad

खेल


इतिहास रच्न चुक्यो जापान, नकआउटमै टुङ्गियो सातौँ विश्वकप यात्रा

इतिहास रच्न चुक्यो जापान, नकआउटमै टुङ्गियो सातौँ विश्वकप यात्रा

नेपालखबर
मंसिर १९, २०७९ सोमबार २३:३९, काठमाडौँ

पेनाल्टी सुटआउटमा क्रोएशियासाग पराजित हुँदै जापान नकआउट चरणबाटै पराजित भएको छ। 

अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ३–१ ले स्तब्ध हुँदै लगातार दोस्रो पटक नकआउट चरणबाटै बाहिरिएको हो। 

जापानका ताकुमा एसानोको पेनाल्टी मात्र सफल हुँदा पाकुमी मिनामिनो, काउरो मिटोमा, माया योशिडाको प्रहार विफल भयो। 

क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गरे। मार्को लिभाजाको प्रहार भने विफल भयो। 
निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

पहिलो हाफको ४३ औँ मिनेटमा डाइजेन माइडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ५६ औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएशियालाई बराबरीमा ल्याएका थिए। 

थप गरिएको ३० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।  

समूह चरणमा दुई विश्व विजेतालाई हराउँदै जापान नकआउट चरणमा पुगेको थियो। पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गरेको जापानले दोस्रो खेलमा स्पेनलाई २–१ ले नै पराजित गरेको थियो। 

यो अघि सन् १९९८मा पहिलो पटक भिड्दा क्रोएसियाले जापानलाई १–० ले पराजित गरेको थियो। २००६ को विश्वकपमा भने समूह चरणमा भेट हुँदा गोलरहित बराबरी खेलेका थिए। 

सन् १९९८ बाट विश्वकपमा सहभागी हुन थालेको जापानले यो पटक उत्कृष्ट खेल पस्केको थियो। पहिलोपटक समूह चरणबाटै बाहिरिएको जापानले दोस्रो पटक २००२ मा भने नकआउटमा स्थान बनाएको थियो। त्यसपछि जापानको विश्वकप यात्रा उत्तरचढावपूर्ण रह्यो। 

एक पटक नकआउटमा पुग्ने र अर्को पटक समूहचरणबाटै बाहिरिने क्रमले ६ वटा विश्वकपमा निरन्तरता पायो। २०१८ मा नकआउट सम्मको यात्रा तय गरेको जापानको त्यहि नियति दोहोरिदा विश्वकपबाट बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .