ad ad

खेल


फ्रान्सको टोलीबाट पीएसजी स्टार बाहिरिए, डिसासी र थुराम समावेश

फ्रान्सको टोलीबाट पीएसजी स्टार बाहिरिए, डिसासी र थुराम समावेश

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १०:१७, काठमाडौँ

विश्वकप खेल्ने फ्रान्सको टोलीबाट किमपेम्बे बाहिरिएका छन्। पीएसजी डिफेन्डर किमपेम्बेले चोटका कारण विश्वकप गुमाउने पक्का भएको हो।

यसअघि घोषणा गरिएको टोलीमा उनी समावेश भएपनि फिटनेसमा समस्या देखिएपछि उनलाई टोलीबाट आउट गरिएको हो। 

किमपेम्बेको स्थानमा मोनाकोका डिफेन्डर एक्सल डिसासीलाई सामेल गरिएको छ। यस्तै फरवार्ड मार्कस थुराम पनि टोलीमा डाकिएका छन्।

यसअघिको टोलीमा समावेश नभएका थुरामलाई अन्तिम समयमा समावेश गरिएको हो। 

बुन्डेसलिगा क्लब मोन्चेङ्लाबाचका फरवार्ड थुरामले जारी सिजन १५ खेलमा ११० गोल र ३ असिस्ट गरेका छन्। 

यसअघि फ्रान्सको टोलीमा गोलरक्षकमा ह्युगो लोरिस, अल्फोन्स आरिओला र स्टिभ मान्डान्डा डिफेन्डर लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पभार्ड, विलियम सालिबा, दायोट उपमेकानो र राफाएल भरान समेटिएका छन्। 

मिडफिल्डमा एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबिओ, ओरेलिएन चुआमेनी र जोर्डन भेरेटुले रहेका छन्। 

फरवार्डमा करिम बेन्जिमा, किङ्स्ली कोमान, ओस्मान डेम्बेले, एन्टोनी ग्रिजमेन र केलियन एमबाप्पे, ओलिभिर जिरुड र क्रिस्टोफर एनकुन्कु टोलीमा सामेल छन्। थुरामलाई थपिएसँगै फ्रान्सको आक्रमण टोली थप मजबुद भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .