कला


अभिनेता प्रदीप खड्काले लेखे चुनावी कविता

अभिनेता प्रदीप खड्काले लेखे चुनावी कविता

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १०:२५, काठमाडौँ

अभिनेता प्रदीप खड्काले चुनावसम्बन्धी कविता लेखेका छन्। उनले कवितामा आफ्नो मत खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

प्रदीपले ‘हाम्रो भोट’ शीर्षकमा लेखेको कविता यस्तो छ : 

हाम्रो भोट
स्वतन्त्र उठ्ने सागर!

कि स्वतन्त्र पार्टीको रवि दाइ?
अपरिहार्य तिनको नियत 
कि आंकल्ने तिनको छविलाई?

चाहे राजेन्द्र, मिश्र सर वा दिज्यू कुन्ती शाही,
विनोद सर अनि किन नहोस् गगन दाइ!
प्रधानमन्त्रीज्यू, शेर बा. देउवा 
कमरेड प्रचण्ड वा हाम्रा केपी बा!
नयाँ पुस्ता आउँदा कि पुराना कोही डग्मगाउँदा
मेरो अपिल! केवल एउटा 

गर्न नसक्ने कोही छैनन्
गर्न खोज्ने चैँ? 
हाम्रो भोट र देशको स्रोत 
खेर त जाँदैन कतै?
जसलाई मत दिए नि
रहोस् उद्देश्य एउटै
स्थायित्व, शान्ति र समृद्धि,
देख्न पाइयोस् छिट्टै।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .