ad ad

खेल


पूर्व उपविजेता क्रोएसियासँग भिड्दै मोरक्को, कसले मार्ला बाजी?

पूर्व उपविजेता क्रोएसियासँग भिड्दै मोरक्को, कसले मार्ला बाजी?

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ७:२६, काठमाडौँ

सन् २०१८ को उपविजेता टोली क्रोएसियाले कतार विश्वकपअन्तर्गत समूह एफ को खेलमा बुधबार मोरक्कोसँग खेल्दै छ। 

अल बायत स्टेडियममा दिउँसो पौने ४ बजे हुने खेलमा समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छन्। 

छैटौँ पटक विश्वकप खेल्न लागेको मोरक्कोले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। समूह एफ मा कमजोर टोलीको रुपमा रहेको मोरक्को यो पटक समूह चरण पार गर्दै नयाँ इतिहास बनाउन चाहन्छ।

मोरक्कोसँग अच्राफ हाकिमी र नायफ अगुएर्डको साथमा समूह चरण पार गर्न चाहन्छ। 

सन् २०१८ को उपविजेता टोली क्रोएसिया २०२२ मा उपाधि जित्ने दाउमा छ।

ज्लात्को डालिकको प्रशिक्षणमा रहेको क्रोएसिया लुका मोड्रिचको नेतृत्वमा मैदान उत्रिनेछ। मोड्रिच सम्भवतः अन्तिम विश्वकप खेल्दै छन्। मोड्रिच बाहेक क्रोएसियासँग जो इभान पेरिसिक, माटेओ कोभासिक र मोर्सेलो ब्रोजोभिक जस्ता प्रमुख खेलाडीको साथमा खेल्नेछ। 

पाँचौ पटक विश्वकप खेल्न लागेको क्रोएसियाको नजर यो पटक उपाधि माथि छ। 

क्रोएसिया र मोरक्को यसअघि सन् १९९६ मा आमनेसामने भएका थिए।

सो खेल निर्धारित समयमा २–२ को बराबरी भएपछि पेनाल्टीमा क्रोएसियाले ७–६ को जित निकालेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .