दक्षिण एशियाली पावर हाउस जापानविरुद्ध जर्मनीले पहिलो हाफमा अग्रता बनाएको छ। खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा खेलको पहिलो हाफमा जापानविरुद्ध जर्मनीले १–० ले अग्रता बनाएको छ।
खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए। पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्।
खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए।
खेलको १४ औँ मिनेटमा जर्मनका किमिच जोशुआको प्रहारले पोष्टको दिसा दिन सकेन। १७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन।
खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए।
चार पटकको विश्व विजेता जर्मन पाँचौँ उपाधि जित्ने दाउमा छ। गएको विश्वकपमा जर्मन समूह चरणबाटै बाहिरिएको थियो। जापान भने अन्तिम १६ सम्म पुगेको थियो।
२०१४ मा जर्मनीले विश्वकप जित्दा जापान भने समुह चरणबाटै बाहिरिएको थियो।
प्रतिक्रिया