इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।
गएराति फाल्मर स्टेडियममा भएको प्रतिस्पर्धामा सिटीले ब्राइटनलाई ४-० ले हराएको हो।
सिटीका लागि केभिन डि र जुलियन अल्भारेजले १/१ तथा फिल फोडेनले २ गोल गरे।
जितसँगै म्यानचेस्टर सिटी ३३ खेलबाट ७६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ।
शीर्ष स्थानमा भने ७७ अंकसहित आर्सनल छ।
लिभरपुल ७४ अंकसहित तेस्रो स्थानमा छ।
27
Shares
प्रतिक्रिया