खेल


उपाधिकै दाबेदार मानिएको पोर्चुगलले अन्तिम ८ मै पाएन स्थान (तस्बिरहरू)

उपाधिकै दाबेदार मानिएको पोर्चुगलले अन्तिम ८ मै पाएन स्थान (तस्बिरहरू)

नेपालखबर
असार २३, २०८३ मंगलबार ९:२६, काठमाडौँ

उपाधिकै दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप-२०२६ को अन्तिम १६ बाटै बाहिरिएको छ। 

गएराति अमेरिकाको डलास स्टेडियममा भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको हो।

खेलमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा पोर्चुगलविरुद्ध निर्णायक गोल गरेका हुन्।

यो हारसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल जारी विश्वकपकाे अन्तिम १६ बाटै बाहिरिन बाध्य भएको छ। यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो। 

स्पेन भने १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता प्रिक्वार्टरफाइनल र समूह चरणबाटै बाहिरिँदै आएको थियो। 

हेर्नुहोस् थप तस्बिर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad