ad ad

खेल


क्यानडाविरुद्ध बेल्जियमको अग्रता

क्यानडाविरुद्ध बेल्जियमको अग्रता

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १:३७, काठमाडौँ

विश्वकप फुटबलमा अहिले जारी खेलमा बेल्जियमले क्यानडाविरुद्ध अग्रता लिएको छ। खेलको ४४ औं मिनेटमा मिची ब्याटसस्वीको गोलमा बेल्जियमले अग्रता बनाएको हो। 

त्यसअघि खेलको ११ औं मिनेटमा क्यानडाले पेनाल्टिको अवसर पाए पनि गोल गर्न चुक्दा अग्रताको अवसर गुमाएको थियो। बेल्जियमका खेलाडीले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रिले भिएआरको सहायतामा क्यानडालाई पेनाल्टिको अवसर दिएका थिए।

तर जोनाथन डेविटले पेनाल्टीको सदुपयोग गर्न सकेनन्। बेल्जियमका गोल रक्षक थिवाउट कोर्टोवाउले पन्च गर्दै जोगाएका थिए। फर्किएको बलमा पनि क्यानेडियन खेलाडीले पोष्टमा प्रहार गर्न सकेनन्।

त्यसपछि बेल्जियमले थप आक्रमण बढायो पहिलोहाफमा १–० को अग्रता लिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .