विश्वकप फुटबल अन्तर्गत इरान र वेल्सबिचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। अहमद अल विन स्टेडियममा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।
खेलको १६ औँ मिनेटमा इरानका अलि घोलिजाडेको प्रहारले पोष्टको जाली चुमे पनि रेफ्रिले अफसाइड दिएपछि इरानले अग्रता लिने मौका गुमायो।
खेलको सातौँ मिनेटमा इरानका सरदार अज्मौनको फितलो प्रहार गोलरक्षकले सहजै बचाए। तेस्रो मिनेटमा वेल्सका निको विलियम्सको प्रहारले पोष्टको दिसा लिन नसक्दा अग्रता बनाउनबाट चुक्यो।
आजको खेलमा पराजित भए एक खेल अघि नै इरानको विश्वकप यात्रा समूहबाटै टुंगिने निश्चित हुने छ। तर जिते पनि वेल्सको अघिल्लो यात्रा भने निश्चित हुने छैन।
यहि समूहका दुई टोली अमेरिका र इङ्ल्याण्ड मध्यराति १२ः४५ बजे भिड्ने छन्।
प्रतिक्रिया