ad ad

खेल


अडानबाट पछि हट्दै इरानका खेलाडीले गाए राष्ट्रिय गान

अडानबाट पछि हट्दै इरानका खेलाडीले गाए राष्ट्रिय गान

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ८:१८, काठमाडौँ

कतारमा जारी फिफा विश्वकपको पहिलो खेलमा इरानका खेलाडीले आफ्नो राष्ट्रिय गान गाएनन्।

सोही विषयमा विरोध तथा समर्थन दुवै भयो। खेलाडीलाई अनावश्यकरुपमा राजनीतिक विषयलाई उठाएको आरोप लाग्यो भने केहीले मुलुकमा मानव अधिकारको लागि उनीहरुले उठाएको कदमको सराहना गरे।

इरानका खेलाडीले किन गाएनन् राष्ट्रिय गान?

यस्तोमा वेल्सविरुद्धको दोस्रो खेलमा उनीहरुले के गर्लान् भन्ने धेरैको चासो थियो। शुक्रबार भएको उक्त खेलमा भने इरानका खेलाडीले आफ्नो अडानबाट पछि हट्दै राष्ट्रिय गान गाए। 

शुक्रबारको खेलमा फ्यानहरुले भने पहिलो खेलमा जस्तै राष्ट्रिय गानको अवज्ञ गर्दै नाराबाजी गरेका थिए तर खेलाडी भने मौन बसेनन्। अहमद बिन अलि स्टेडियममा भएको खेलमा खेलाडीले राष्ट्रिय गान गाइरहँदा फ्यानहरु भने त्यसको विरोधमा देखिन्थे। 

इरानका स्ट्राइकर मेहदी तारेमीले आफूहरुलाई राष्ट्रिय गान गाउन सरकारले कुनै दबाब नदिएको स्पष्ट पारे।

‘मैले यसअघि यस्ता प्रश्नको जवाफ दिन्नँ भनेको थिएँ तर अहिले दिँदै छु। हामीलाई कुनै पनि दबाब छैन। फुटबल प्रतियोगितामा फुटबलबाहेकको कुनै पनि गतिविधि गर्नु राम्रो होइन’, उनले भने। 

कतारको स्टेडियमभन्दा बाहिर इरानका सरकार समर्थित र सरकारविरोधीहरुबीच झडप पनि भएको केही सञ्चारमाध्यमहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .