चीनको राष्ट्रिय प्रसारकले कतारमा जारी फुटबल विश्वकपको प्रसारणको क्रममा दर्शकको भिडिओ सेन्सर गरिरहेको छ।
चीनमा कोभिड–१९ नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको विषयमा विवाद उत्पन्न भइरहेको समयमा प्रसारकले यस्तो निर्णय गरेको हो।
कतारमा विश्व फुटबलको महाकुम्भ चलिरहँदा चीनमा भने धेरै किसिमको प्रतिबन्ध लगाइएको छ।
प्रसारकल् कोभिड–१९ सँग सम्बन्धित आलोचनाबाट बच्न दर्शकको भिडिओमा सेन्सर लगाइएको हुन सक्ने अुमान गरिएको छ। कतार विश्वकपमा मानिसहरुले मास्क विना नै खेल हेरिरहेको अवस्थामा चीनले भने अनावश्यक प्रतिबन्ध जारी राखेको भन्दै विरोध पनि भइरहेको छ।
केही चिनियाँ नेटवर्कको फिडको तुलनाबाट उनीहरुले दर्शकको सट्टामा खेलाडी र प्रशिक्षकको क्लोज अप सट प्रसारण गर्ने गरेका छन्। चीनमा कोरोना प्रतिबन्धको विरोधमा केही सहरमा आन्दोलन भइरहेको छ।
यद्यपि चीनमा विश्वकप प्रसारणमा सेन्सर लगाइएको चीनले भने आधिकारिकरुपमा पुष्टी गरेको छैन।
प्रतिक्रिया