ad ad

खेल


विश्वकपमा मोरक्कोको जितपछि बेल्जियम र नेदरल्याण्ड्समा भड्कियो हिंसा

विश्वकपमा मोरक्कोको जितपछि बेल्जियम र नेदरल्याण्ड्समा भड्कियो हिंसा

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ११:५५, काठमाडौँ

फिफा विश्वकपमा आइतबार मोरक्कोको बेल्जियममाथि २–० गोल अन्तरको महत्वपूर्ण जित हात पार्‍यो। यससँगै बेल्जियम र नेदरल्याण्ड्सका केही सहरमा हिंसा भड्किएको छ।

प्रहरीले बेल्जियमको राजधानी सहर ब्रसेल्सा भिडलाई तितरबितर पार्न पानीको फोहोरा प्रहार गर्नुपरेको थियो भने यो क्रममा एक दर्जनभन्दा धेरै मानिसलाई हिरासतमा लिएको छ। त्यसका साथै आन्टवर्प सहरमा पनि आठजना मानिसलाई हिरासतमा लिइएको छ। 

त्यस्तै नेदरल्याण्ड्सको रोटरडम सहरमा भड्किएको हिंसामा दुई प्रहरी घाइते भएका छन्। यद्यपि आइतबार अबेरसम्म अन्य सहरमा भने कुन किसिमको घटना भएनन्। नेदरल्याण्ड्समा बेल्जियममा र मोरक्कोका उल्लेख्य मानिसको बसोबास छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार ब्रसेल्समा प्रदर्शनकारीहरुले केही सवारीसाधनमा आगजनी गरेका थिए। नेदरल्याण्ड्सको एम्सटरडममा पनि हिंसा नियन्त्रक प्रहरी टोली तैनाथ गरिएको छ।

यो सहरमा सयौं मानिस जम्मा भएर आतिशबाजी र सवारीसाधनमा आगजनी सुरु गरेका थिए। त्यसका साथै हेगमा पनि हिंसा भड्किएको छ। मोरक्कोका फुटबल प्रशंसकको भिड हटाउन नेदरल्याण्ड्सको प्रहरीले तीन सहरमा लाठीचार्ज गरेको थियो। 

समाचार एजेन्सी एएफपीका अनुसार दर्जनौं प्रशंसकले भवनको झ्याल फुटाइदिएका थिए र सवारीसाधनमा पनि आगो लगाइदिएका थिए। प्रहरीका अनुसार समग्रमा ११ जना मानिसलाई गिरफ्तार गरिएको छ। 

बेल्जियममा मोरक्को मूलका करिब पाँच लाख मानिस बसोबास गर्दै आएका छन्। देशको पूर्वी क्षेत्रमा करिब ५० जना मानिसले एक प्रहरी चौकीमा आक्रमण गरेका थिए भने प्रहरीका दुई गाडीमा क्षति पुर्‍याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .