ad ad

खेल


ब्राजिल भर्सेस स्विट्जरल्याण्ड : पहिलो हाफ गोलरहित बराबर

ब्राजिल भर्सेस स्विट्जरल्याण्ड : पहिलो हाफ गोलरहित बराबर

नेपालखबर
मंसिर १२, २०७९ सोमबार २२:३१, काठमाडौँ

विश्वकप फुटबलमा अहिले समूह जी का ब्राजिल र स्विट्जरल्याण्ड भिडिरहेका छन्। समूह चरणको दोस्रो खेलमा दुवै टोलि जितको खोजिमा छन्। तर पहिलो हाफको खेल सकिँदा दुवै टोलिबाट गोल हुन सकेको छैन। 

ब्राजिलले लगातार स्विट्जरल्याण्डको पोष्टमा आक्रमण गरिरहे पनि रक्षा पंक्ति तोड्न नसक्दा आग्रता लिन सकेको छैन। 

ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको छ। चोटका कारण नेयमारले केही खेल गुमाउने छन्। 

आजको जित निकाल्ने टोली एक खेल अघि नै नकआउटमा सुरक्षित हुनेछ। अर्को स्थानका लागि तीन टोलीबिच प्रतिस्पर्धा हुने छ।  

यहि समूहका क्यामरुन र सर्वियाले १-१ को बराबरी खेलेका छन्। दुबैको समान एक अंक छ। पहिलो खेलमा ब्राजिल र स्विट्जरल्याण्ड विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .