कतार विश्वकप २०२२ अन्तर्गत समूह बीको खेलमा इरानविरुद्ध अमेरिकाले १–० गोल अन्तरको अग्रता लिएको छ।
खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका हुन्।
आजको खेलमा जित हात पार्न सकेको अवस्थामा अमेरिका माथिल्लो चरणमा प्रवेश गर्नेछ।
यसैबीच समूह बीको अर्को खेलमा इंग्ल्याण्ड र वेल्सले गोलरहित बराबरीमा खेलिरहेका छन्।
प्रतिक्रिया