खेल


विश्वकपको सेमिफाइनल र फाइनल खेलमा एडिडासको ‘अल हिल्म’ बल प्रयोग हुने

विश्वकपको सेमिफाइनल र फाइनल खेलमा एडिडासको ‘अल हिल्म’ बल प्रयोग हुने

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १५:४२, काठमाडौँ

कतार विश्वकप २०२२ को सेमिफाइनल र फाइनल खेलमा एडिडासको अल हिल्म बल प्रयोग हुने भएको छ। अल हिल्म भनेको अरबी भाषामा सपना हो।

एडिडासले विश्वकपका सेमिफाइनल र फाइनल खेलका लागि अल हिल्म बल सार्वजनिक गरेको हो। यो बल वातावरणमैत्री छ जुन पानीमा आधारित मसी र गमबाट बनेको छ। 

यो बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ। यसमा सुक्ष्म त्रिकोणीय ढाँचा र दोहा शहर वरपरको चम्किलो क्षेत्रको मरभुमी र कतारको झण्डाको आकार छ। 

विश्वकपमा यसअघि अल रिहला बल प्रयोग हुँदै आएको थियो। अब अल रिहला बल प्रयोग नहुने फिफाले जनाएको छ। अल रिहलाको अर्थ यात्रा भन्ने थियो।

यो बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ। यसले रेफ्रीहरुलाई निर्णय लिन सहयोग गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .