ad ad

खेल


फ्रान्सका समर्थकले गरे विश्वकपको फाइनल पुनः खेलाउन माग

फ्रान्सका समर्थकले गरे विश्वकपको फाइनल पुनः खेलाउन माग

नेपालखबर
पुस १०, २०७९ आइतबार ९:११, काठमाडौँ

फ्रान्सका समर्थहरुले कतारमा भएको फिफा विश्वकप २०२२ को फाइनल खेल पुनः खेलाउन माग गरेका छन्।

फाइनल खेलमा रेफ्रीले केही विवादास्पद निर्णय गरेको भन्दै फ्रान्सका समर्थहरुले हस्ताक्षर अभियान नै चलाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म उक्त अभियानअन्तर्गत दुई लाखभन्दा धेरै हस्ताक्षर गरिसकेका छन्। 

कतारको लुसैल स्टेडियममा भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समयमा स्पष्ट नतिजा नआएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। जसमा अर्जेन्टिनाले बाजी मारेको थियो। 

फ्रान्सका समर्थकहरुले खेलमा पहिलोपटक डि मारियालाई फ्रान्सका खेलाडीले फउल गरेपछि दिइएको पेनाल्टीको निर्णय सही नभएको तर्क गरेका छन्। रेफ्रीले अर्जेन्टिनालाई खेलमा अग्रता दिलाउन पेनाल्टी दिएको समर्थकको दाबी छ। 

त्यस्तै मेस्सीले अतिरिक्त समयमा गरेको गोलको विषयमा पनि फ्रान्सका समर्थकहरुले प्रश्न उठाएका थिए। यद्यपि यो गोलको विषयमा भने रेफ्री स्वयं र फिफाले पनि स्पष्टीकरण दिइसकेको छ।

पुनः फाइनल खेल होला त? 
पुनः फाइनल खेल गराउने सम्भावना लगभग शून्य छ। फिफाले फ्रान्सको आग्रहमा विश्वकपको फाइनल खेल दोहोर्‍याउने निर्णय गर्दैन। अहिलेसम्म यसरी फिफालाई कुनै मुलुक वा समर्थकले गरेको आग्रहको आधारमा पुनः खेल गराइएको इतिहास छैन। 

यसरी कुनै खेलमा रेफ्रीले दिएको निर्णयबारे प्रश्न उठाउँदै समर्थकले खेल पुनः खेलाउन माग गरेको यो पहिलोपटक भने होइन। फुटबलमा यसअघि पनि यस किसिमका घटना हुँदै आएका छन्।

सन् २०२० को युरोकपमा फ्रान्सले स्वीटजरल्याण्डलाई नकआउट चरणमा हराउँदा पनि स्वीटजरल्याण्डका समर्थकहरुले यस्तै माग गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .