ad ad

सुदूरपश्चिम


ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

फाइल तस्बिर।


गोकुल जोशी
फागुन १८, २०७९ बिहिबार ८:५२, कञ्चनपुर

बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ। अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेका थिए। त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो।

उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

चौधरी कैलालीका बासिन्दा हुन। उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

‘आफन्तहरु आउँदैछन्, शव पोष्टमार्टमका लागि अस्पतालमा छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘आफन्त पुगेपछि पोस्टमार्टमको प्रक्रिया अघि बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .