सुदूरपश्चिम


दार्चुलामा बस सडकबाट खस्यो, १६ जना घाइते

दार्चुलामा बस सडकबाट खस्यो, १६ जना घाइते

सडकबाट खसेको बस।


नेपालखबर
माघ ५, २०८० शुक्रबार १०:५२, काठमाडौँ

दार्चुलामा शुक्रबार बिहान बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा सडकबाट अन्दाजी २५ मिटर तल खसेको हो। 

दुर्घटनामा दार्चुलाको दुहुँ गाउँपालिका–५ का ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ का ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला अस्पताल लगिएको छ। 

बसका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका ३६ वर्षीय महेश भट्टसहित अन्य १४ घाइतेको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .