ad ad

भिडियो


नाडामा सहभागी हुँदा टाटाको वर्ष भरिको ग्राहक कनेक्सन हुन्छ (भिडियाे)


नेपालखबर
भदौ १० ,

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा प्रिमियम एसयुभी टाटा एच फाइभको ल्याएको छ।

कम्पनीका पेसेन्जर भेहिकल डिभिजन टाटा माेटर्स नेपालका सेल्स एण्ड मार्केटिङ हेड सावन्त जङ्ग सिजापतिका अनुसार कम्पनीले गाडीको सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकेको छ। त्यस्तै यो भन्दा पहिल्यै नेपाली बजारमा आएका अन्य टिगोर देखि नेक्सनसम्मको गाडी पनि नाडाको मुख्य आकर्षक रहेको उनले जानकारी गराए।

अटो शोमा नै आज सार्वजनिक भएको उक्त गाडीको क्रियोटेक २ दश्मलव ० लिटर टर्बो डिजेल इन्जिनयुक्त यो गाडी भारतमा चर्चित छ। एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।

टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। यो गाडीमा पुस बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रूमेन्ट कन्ट्रोल, मल्टी फङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल लगायतका विशेषता रहेको उनले जानाकारी गराए।

विशेष गरी ठूला गाडीमा राम्रो नेपाली रहेको टाटा कम्पनीले उक्त मोडललाई भने गत वर्षदेखि उक्त शोमा राख्न पाएको छैन। तर त्यसले कुनै फरक नपर्ने सिजापति बताउँछन्।

उनी भन्छन्, 'अटो शोमा सहभागी हुँदा वर्ष भरिको ग्राहकसँगको कनेक्सन हुन्छ। अर्को कुरा दशैंको लगभग १ महिना अघि हरेक वर्ष अटो शो हुने गरेको छ। नेपालीको दशैंमा गाडी किन्ने चलन पनि पहिलेदेखिनै भएको हुनाले नाडा र अटो विजनेश जोडिएको हुन्छ, तर मुख्य कुरा भनेको अटो शोमा ग्रहकहरुले जानाकारी दिने थलो नै हो। उनीहरुले यहाँ आएर जानाकारी लिने गर्छन्। र त्यो जानाकारी लिएको आधारमा नै उनीहरुले पछि गाडी खरिद गर्ने गरेक छन्।'

भदौ १०, २०७६ मंगलबार १३:५५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .