रोचक


भाले ठानिएको जलगैँडा ७ वर्षपछि पोथी भएको खुलासा

भाले ठानिएको जलगैँडा ७ वर्षपछि पोथी भएको खुलासा

नेपालखबर
बैशाख १२, २०८१ बुधबार १६:५,

जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको जलगैँडा पोथी भएको खुलेको छ। 

१२ वर्षीय सो जलगैँडाले भालेको जस्तो व्यवहार नदेखाएपछि चिडियाखाना सञ्चालकहरुले डीएनए परीक्षण गरेका थिए।

सो जलगैँडाको नाम जेन चान राखिएको छ। २०१७ मा जेन चानलाई मेक्सिकोबाट ओसाका ल्याइएको थियो। त्यतिबेला उसलाई भाले उल्लेख गरेर ल्याइएको थियो।

ओसाकाको तेन्नोजी चिडियाखानाले आफ्नो वेबसाइटमा यसबारे जानकारी दिएको छ।

पाँच वर्षको छँदै ल्याइएकाले रेखदेखकर्ताले उसको व्यवहारबाट भालेपोथी छुट्याउन सकेका थिएनन्।

तर, हुर्किंदै जाँदा पनि अरु पोथी जलगैँडातिर नलहसिएको र गोबर छरेर आफ्नो क्षेत्र दाबी पनि नगरेपछि रेखदेखकर्ताहरु सशंकित भएका थिए।

कागजातमा जलगैँडाको लिंग परिवर्तन गरिए पनि नाम भने नबदल्ने चिडियाखानाले बताएको छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .