अचेल भ्युज र लाइकका लागि रिल बनाउन मानिसहरू कहिले मृत्युसँग खेलाँची गरिरहेका हुन्छन् त कहिले मुर्खताका कारण लाखौँको नोक्सानी।
हालै एउटी युवतीले पनि यस्तै गरेको भिडिओ सार्वजनिक भएको छ।
रेडिटमा सेयर गरिएको भिडिओमा @snowbunnyjelly नामका टिकटक प्रयोगकर्ता सार्वजनिक रूपमा रिल बनाउन त्यहाँ पार्क गरिएका कारका छतमा नाचिरहेकी छन्।
उनी कारको अगाडिबाट दौडिन्छिन् र कारको छतमा चढ्छिन्, आफ्नो खुट्टा विन्डसिल्डमा राख्छिन्। यसमा पाइला हाल्नेबित्तिकै विन्डसिल्ड पूर्ण रूपमा फुट्छ तर युवतीले त्यसलाई बेवास्ता गर्दै डान्स स्टेप पूरा गर्छिन्।
भिडिओको क्याप्सनमा लेखिएको छ, ‘मानिसहरूले भ्युज र लाइक प्राप्त गर्नका लागि किन यस्तो गर्छन्? भिडिओको ठ्याक्कै मिति र स्थान थाहा छैन। पहिले पनि टिकटक प्रयोगकर्ता २कलयधदगललथवभििथ भनेर चिनिने युवतीले कारहरूमा माटो फालेका, कारको छतमा कुदेका र ब्याट फ्याँकेका धेरैवटा भिडिओ बनाएकी छन्।’
भिडिओको कमेन्टमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यति महँगो लग्जरी कार नष्ट भएको छ तर बिनाचिन्ता नाचिरहेकी छन्। यति सजिलै सिसा फुटेकामा धेरैले आश्चर्य व्यक्त गरेका छन्। कतिपयले यो पनि पूरै स्क्रिप्टेड हुनसक्ने बताएका छन्।’
हेर्नुहोस् भाइरल भिडिओ-
MC dances on top of car and breaks the windshield 🤦♂️
byu/EthanthegamerGD inImTheMainCharacter
Shares
प्रतिक्रिया