खेल


क्रिकेट टोलीको बिदाइमा सन्दीप... (तस्बिरहरू)

क्रिकेट टोलीको बिदाइमा सन्दीप... (तस्बिरहरू)

सरोज बैजु
बैशाख २१, २०८१ शुक्रबार २२:१६, काठमाडौँ

भोलि (शनिबार) नेपाली राष्ट्रिय टोली टी–२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्दैछ। शुक्रबार दिनभर टोलीका खेलाडीहरूलाई बिदाइ ग्रहण गर्न भ्याइनभ्याइ भयो। 

साँझ होटल सोल्टीमा नेपाल क्रिकेट एशोसियसन (क्यान) ले नेपाली टोलीलाई बिदाइ कार्यक्रम आयोजना गरेको थियो। 

सो कार्यक्रममा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पनि पुगेका थिए। 

खेलमा सन्दीप लामिछाने पनि पुगे। सन्दीप नेपालको टिममा भने छैनन्। 

होटल सोल्टी पुगेर सन्दीप बिदाइ कार्यक्रममा सहभागी भए। उनले क्यानका सचिव पारस खड्का र खेलाडीसँग अंकमाल गरे। 

बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट दोषी ठहर भएका उनको पुनरावेदन उच्च अदालत, पाटनमा विचाराधीन छ। 

लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै बुधबार राति ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका थिए। फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध जाल बुन्नेहरूको नाम चाँडै सार्वजनिक गर्ने दाबीसमेत उनको थियो।

१० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेस्ट इन्डिज जानेछ। यो खेल सन्दीपका लागि पनि महत्त्वपूर्ण थियो। 

वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपअन्तर्गतका खेल ९ स्थानमा हुनेछन्। कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले ५५ खेलमा स्पर्धा गर्नेछन्। सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ।

विश्वकपमा नेपाल नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह डी मा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .