ad ad

कारोबार


२ सय कम्पनीको सेयरमूल्य घट्यो, यी हुन् धेरै घटेका ५ सेयर

२ सय कम्पनीको सेयरमूल्य घट्यो, यी हुन् धेरै घटेका ५ सेयर

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १५:२५, काठमाडौँ

सेयरबजार लगातार ओरालो लाग्ने क्रममा मंगलबार फेरि १४.८१ अंकले घटेको छ। 

बजार परिसूचक नेप्से उक्त अंकले घटेर १९९१.७१ विन्दुमा थामिएको हो। 

कारोबार अवधिमा आज ५४ लाख ७१ हजार ६८ कित्ता सेयर बिक्री भएको छ। योसँगै २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँको खरिदबिक्री भएको छ। 

आज ४२ वटा कम्पनीको सेयर मूल्य बढे पनि २ सय कम्पनीको घटेको र दुईवटाको उही मूल्यमा कारोबार भएको छ। 

आज सूचक २००४ को विन्दुबाट निरन्तरजसो घटेको छ। आज सबै उपसूचक घटेका छन्। तिनमा धेरै घट्ने बीमा, उत्पादन, व्यापारलगायत छन्। 

शीर्ष ५ सेयर कारोबार तालिकामा - 

उच्च बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
१०.७५% एसबीएल डिबेन्चर २०८९ ११५५ ९.९९
गुर्खाज फाइनान्स ९०५ ९.९६
सिभिल बैंक डिबेन्चर २०८८ ११३६ ८.१९
ग्रिन डेभलपमेन्ट बैंक ४०८ ५.०२
दिव्येश्वरी हाइड्रोपावर २०६ ४.०४

उच्च घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
रुरु जलविद्युत् परियोजना ५६०.७० १०
पोखरा फाइनान्स ४८९.६० ६.७४
सीवाईसी नेपाल लघुवित्त १६८३ ६.५०
डोल्टी पावर कम्पनी ४५२ ५.६०
जनउत्थान सामुदायिक लघुवित्त ११२५ ५.०६

उच्च कारोबार भएका ५ सेयर  

कम्पनी अन्तिम मूल्य (रु) कारोबार रकम (रु)
गुर्खाज फाइनान्स ९०५ १७५९७८१६३
सूर्यज्योति लाइफ इन्स्योरेन्स ५०२.९० ७४३५३५७२
पोखरा फाइनान्स ४८९.६० ६६८९८२१४
सर्वोत्तम सिमेन्ट ७९९ ४५९८१४३४
शिवम् सिमेन्ट ५०८.२० ४४७४३७०७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .