ad ad

कारोबार


प्रधानमन्त्रीलाई निजी क्षेत्रको प्रश्न : उद्योगमा १६ घण्टा लोडसेडिङ छ, यो कस्तो नीति हो?

प्रधानमन्त्रीलाई निजी क्षेत्रको प्रश्न : उद्योगमा १६ घण्टा लोडसेडिङ छ, यो कस्तो नीति हो?

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १८:१५, काठमाडौँ

निजी क्षेत्रले उद्योगहरुमा लोडसेडिङ गराएको भन्दै असन्तुष्टि जनाएको छ। 

पछिल्ला केही महिनादेखि उद्योगहरुमा अघोषित गरिएको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री पुष्पकमल दाहालकै सामुन्ने उक्त असन्तुष्टि पोखेको हो। 

नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा निजी क्षेत्रले यसो भनिरहँदा प्रधानमन्त्री दाहाल चुपचाप सुनिरहेका थिए। 

‘पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको छ’, परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले भने, ‘एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको छ। अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा नै १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको छ। यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौँ।’

उनले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो परे पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा त्यसले सहयोग गर्ने बताए। 

‘त्यसैले महङ्गो दरमा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्दछौँ’, उनले भने। 

समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको उनको भनाइ छ। त्यसैले नियमित विद्युतको आपूर्ति उद्योगहरुका लागि लाइफलाइन भएकाले विद्युत् उपलब्ध गराइदिन उनले प्रधानमन्त्रीसँग आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .