Authors


प्रधानमन्त्रीज्यू! तपाईंले वैधता गुमाइसक्नुभयो, राजीनामा दिनूस्: सुमना श्रेष्ठ

प्रधानमन्त्रीज्यू! तपाईंले वैधता गुमाइसक्नुभयो, राजीनामा दिनूस्: सुमना श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा सांसद सुमना श्रेष्ठको फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले सोमबार भएको ‘जेन-जी’आन्दोलनमा युवाहरू मारिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएकाले पदबाट राजीनामा दिनुपर्ने बताएकी छन्। 

यो खबर लेख्दासम्म काठमाडौँमा भएको जेनजी प्रदर्शनमा मात्र मारिनेको संख्या १८ पुगेको छ।

यसरी नेपाली मारेर शासन गर्ने सरकारलाई सांसद श्रेष्ठले धिकारेकी छन्। 

उनले फेसबुकमा लेखेकी छन्, ‘नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने- नेपाल सरकार धिक्कार! मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना।’

अनि प्रधानमन्त्रीको राजीनामा माग्दै अगाडि अंग्रेजीमा लेखेकी छन्, ‘यु ह्याभ लस्ट योर लेजिटिमेसी प्राइम मिनिस्टर, यु मस्ट रिजाइन (अर्थात्- प्रधानमन्त्रीज्यू! तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ। तपाईंले राजीनामा दिनुपर्छ)।’

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध आज जेन-जीले राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा आन्दोलन गरेको हो। सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरू अर्थात् २८ वर्षमुनिका व्यक्तिहरूलाई जेन-जी अर्थात् जेनेरेसन-जेड भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad