सिप्रदी ट्रेडिङ्ग प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ कार्यक्रमको आयोजना गर्ने भएको छ। सिप्रदी टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक वितरक हाे।
उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक शोरुममा आगामी शुक्रबारदेखि सुरु भई मंसिर २९ गते आइतबारसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ।
उक्त कार्यक्रममा नगद छुट, डोर प्राइज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडीको मूल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आकर्षणहरु रहेका छन्।

प्रतिक्रिया