नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई स्प्रिङ डिलाइट’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् ।
यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुबिधासमेत प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । वसन्त ऋतुको नयाँ वहारलाई स्वागत गर्नको लागि यस ‘हुन्डाई स्प्रिङ डिआईट’ ले ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीको भनाइ छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । यस ‘हुन्डाई स्प्रिङ डिआईट’मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया