ad ad

अटो


मोटुल लुब्रिकेन्ट्सका सबै रेन्ज बजारमा, कम्पनी भन्छः ग्राहकले खोजी–खोजी किन्छन्

मोटुल लुब्रिकेन्ट्सका सबै रेन्ज बजारमा, कम्पनी भन्छः ग्राहकले खोजी–खोजी किन्छन्

नेपालखबर
माघ ६, २०७७ मंगलबार १२:३०,

मोटुलले लुब्रिकेन्टसका सबै रेन्ज नेपाल भित्रिएको छ।

करिब ७ वर्षअघि नेपाल भित्रिएको मोटुल ब्राण्ड ‘ग्रोइङ फेज’मा रहेको छ। ४ वर्षअघि विशाल ग्रुपले मोटुल आयात गर्न थालेपछि नेपालीमा आक्रामक बजार विस्तार भइरहेको छ।

नेपालमा मोटुल ब्रान्डको आधिकारिक वितरकको रुपमा विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्स रहेको छ।

विशाल ग्रुपले नेपालभर बजार विस्तार गर्दै १५÷२० वटा काउन्टर रहेकामा हाल ५६ वटा डिलर पु¥याएको छ।

त्यसमातहत हजार बढी काउन्टर छन्। नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म जताततै मोटुल ब्राण्डको लुब्रिकेन्ट उपलब्ध रहेको कम्पनीको दाबी छ।

motul suzuki 1

नेपाल प्रवेश गरेको लामो समय मोटुलले मोटरसाइकलमा प्रयोग हुने लुब्रिकेन्ट्सलाई प्राथमिकता दिएकोमा अब सबै भेरियन्टलाई उत्तिकै प्राथमिकतामा राखेको जनाएको छ।

‘दुईपांग्रे सेगमेन्टमा प्रिमियम ब्राण्डको ६० प्रतिशत बजार हिस्सा मोटुलले नै ओगटेको छ’, बजार व्यवस्थापन प्रमुख पुरुषोत्तम पौडेलले भने।

मोटुल सन् १८५३ मा स्थापना भएको फ्रेन्च कम्पनी हो। लुब्रिकेन्टमा यो विश्वचर्चित कम्पनी हो। अहिले विश्वका ९० भन्दा बढी देशमा यसको कारोबार रहेको छ। कम्पनीले युरोपमा मात्रै २० प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।

नेपालमा मोटुलको मिनिरल र सेन्थेटिक गरी दुई प्रकारको लुब्रिकेन्ट्स उपलब्ध छ। मिनिरल लुब्रिकेन्ट्स सबै भारतबाट र सेन्थेटिक भियतनामबाट आउँछ।

motul suzuki 8

मिनिरल नर्मल गाडीमा प्रयोग हुन्छ भने सेन्थेटिक हाईटेक्नोलोजीको गाडीमा प्रयोग हुन्छ। सेन्थेटिक लुब्रिकेन्ट्स डिजेल पेट्रोल दुवैमा प्रयोग गर्न सकिने पौडेल बताउँछन्।

मोटुल लुब्रिकेन्टले डिजेल, पेट्रोल, औद्योगिकलगायत सबै उत्पादन गर्छ। मोटुलको विश्वभर विशेष प्रोडक्टको रुपमा ‘सेन्थेकिट लुब्रिकेन्ट’ चिनिएको छ।

‘नेपालमा प्रिमियम ब्राण्ड ८/१० वटाको उपस्थिति रहेको छ। जसमा हामी नम्बर १ दाबी गर्दै आएका छौँ’, पौडेल भन्छन्, ‘दुईपांग्रेमा बाहेक अरु सेग्मेन्टमा भर्खर वामे सर्दै छौँ। अरु प्रोडक्टमा हामी नयाँ हौँ।’

नेपालमा १५० सीसीभन्दा माथिका अधिकांश बाइकमा मोटुल लुब्रिकेन्ट्स प्रयोग हुन्छ।

motul suzuki 2

‘पहिला ग्राहकले लुब्रिकेन्ट्सको मूल्य हेरेर खरिद गर्थे भने अहिले ब्राण्ड र गुणस्तर हेरेर खरिद गर्न थालेका छन्’, उनले भने, ‘अहिले हामीसँग प्रतिस्पर्धी कोही छैन। हाम्रो आफ्नो रेस रहेको छ।’

बजारमा अरु लुब्रिकेन्ट्सको मूल्य ६ सय पर्छ। मिनिरल लुब्रिकेन्टस्को ७ सय पर्छ। सामान्य लुब्रिकेन्ट्स हजार किमि गुडेपछि फेर्नुपर्छ भने मोटुल ब्राण्ड ५ हजार किमि गुडेपछि फेर्दा केही फरक पर्दैन। सोही कारण मोटुल प्रयोग गर्दा ग्राहकको पैसा ५ गुणा बच्ने कम्पनीले दाबी गरेको छ।

‘मोटुलले स्किमका खासै विश्वास गर्दैन। गुणस्तरीय वस्तुको लागि स्किम आवश्यक पर्दैन। जसको गुणस्तर कम छ, त्यो स्किममा खेल्छ’, पौडेलले भने।

मोटुलले बजार प्रवर्द्धन ‘मास’लाई फोकस गरेर गर्दै आएको छ। कुनै मेकानिक्समार्फत मात्रै प्रोडक्ट बिक्री गर्छु भन्ने अवस्था छैन।

motul suzuki 7

ग्राहकले मोटुल ब्राण्ड माग्दै आए मेकानिक्सले ढाट्न नसक्ने उनी बताउँछन्। ग्राहकले गुगल वा फेसबुकमा हेरेर नम्बर भेट्टाएर कम्पनीमा फोन गर्छन्। कम्पनीले नजिकको डिलरको बारेमा जानकारी दिदै आएको पौडेलको भनाइ छ।

पछिल्लो समय मेकानिक्सले आफ्नो विश्वसनीयता बढाउन मोटुल लुब्रिकेन्ट्स नै प्रयोग गर्न थालेको उनी बताउँछन्।

नेपालमा ग्राहक ठगिने भनेको रिसाइकल लुब्रिकेन्ट्सको कारण हो। नेपालबाट पुराना लुब्रिकेन्ट्स भारत लैजाने आधा नयाँ थपेर नयाँ भन्दै केही सस्तो मूल्यमा बिक्री गर्दै आएका छन्।

‘ग्राहकले कुन लुब्रिकेन्टस् कस्तो भन्ने पहिचान गर्न आवश्यक रहेको छ। आफ्नो गाडीको लाइफ बढाउनको लागि राम्रो लुब्रिकेन्ट्स प्रयोग गर्नुपर्छ भन्ने चेत आवश्यक रहेको छ’, उनले भने।

motul suzuki 5

मोटुलको ८ सय एमएलदेखि २१० किलोसम्मको प्रोडक्ट रहेको उनले जानकारी दिए। कम्पनीले डिलरलाई समेत राम्रो सुविधा दिँदै आएको उनको दाबी छ।

‘लो ग्रेडको लुब्रिकेन्ट्स प्रयोग गर्दा पिस्टनमा गएर बस्ने र इन्जिनमा छिट्टै समस्या देखिन थाल्छ। इन्जिनमा क्यान्सर लाग्ने भनेकै नराम्रो लुब्रिकेन्ट्स प्रयोग गरेर हो।

सवारीसाधनमा कस्तो लुब्रिकेन्ट्स प्रयोग गर्ने त्यसले माइलेज फरक पार्छ’, उनले सवारीधनीलाई सचेत हुन आग्रह गरे।

motul suzuki 6

महंगो बाइक वा गाडीमा मात्रै प्रिमियम ब्राण्डको लुब्रिकेन्ट्स प्रयोग गर्ने भन्ने हुँदैन। सामान्य बाइकमा पनि प्रिमियम लुब्रिकेन्ट्स प्रयोग गर्दा राम्रो हुन्छ। जति बाइक पुरानो हुँदै गयो, झन् प्रिमियम लुब्रिकेन्ट्स प्रयोग गर्नुपर्ने उनको सुझाव रहेको छ।

‘नेपालमा इन्जिन फ्लस गर्ने सिस्टम नै आएको छैन। त्यसैले लुबिकेन्ट्स प्रयोग गर्दा ध्यान दिनुपर्छ’, उनले भने।

motul suzuki 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .