चर्चित भारतीय कम्पनी महिन्द्रा एन्ड महिन्द्रा (एमएण्डएम)को नयाँ थार गाडीमा गम्भीर समस्या देखिएको छ।
इन्जिनमा गम्भीर समस्या देखिएपछि कम्पनीले भारतमा १५ सयभन्दा बढी थार गाडी फिर्ता लिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार कम्पनीले गत बिहीबार १५ सय ७७ वटा एसयूभी थार इन्जिनमा समस्या देखिएको भन्दै फिर्ता गर्ने बताएको हो ।
मुम्बईमा रहेको कम्पनीले एउटा इन्जिन पार्ट केमशाफ्टमा समस्या देखिएको बताएको छ। यसको अनुसन्धान र प्रतिस्थापन गरिने कम्पनीले जनाएको छ।
सन् २०२० को सेप्टेम्बर ७ देखि डिसेम्बर २५ सम्म उत्पादित डिजेल भेरिएन्टका थार गाडीको इन्जिनमा उक्त समस्या देखिएको हो । कम्पनीले शुल्क नलिई देखिएका समस्या समाधान गर्ने जनाएको छ ।
यसका लागि थार गाडी खरिदकर्तालाई व्यक्तिगत रुपमा सम्पर्क गर्ने कम्पनीको भनाइ छ। नयाँ भर्सनको थार गत वर्ष अक्टोबर २ मा सार्वजनिक गरिएको थियो।
नयाँ मोडलमा दुईवटा ट्रिम्स एएक्स र एलएक्स पेट्रोल र डिजेल पावरट्रेन अप्सनमा रहेको छ। नयाँ थार सबै भेरिएन्टमा फोरह्विल ड्राइभ सेटअपमा रहेको छ ।

प्रतिक्रिया