अटो


टाटा मोटर्सको जागुआर ल्यान्डरोभर ब्रान्ड २०२५ सम्म पूरै विद्युतीय हुने

टाटा मोटर्सको जागुआर ल्यान्डरोभर ब्रान्ड २०२५ सम्म पूरै विद्युतीय हुने

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ७:३९,

टाटा मोटर्सको विलासी सवारीसाधन ब्रान्ड जागुआर ल्यान्ड रोभरले सन् २०२५ सम्ममा सबै कारहरु पूर्ण विद्युतीय बनाउने भएको छ ।

बीबीसीका अनुसार सँगसँगै कम्पनीले सन् २०३० सम्ममा आफ्ना इ–मोडलहरु सार्वजनिक गर्ने भएको छ।

कम्पनीले शून्य कार्बन उत्सर्जन गर्ने सवारीसाधन उत्पादनको विश्व दौडमा आफूलाई पनि उभ्याउने बताएको हो ।

भारतको टाटा मोटर्सको स्वामित्वमा रहेको जेएलआरले ल्यान्ड रोभर ब्रान्डले आगामी पाँच वर्षभित्र छवटा पूर्ण विद्युतीय मोडल सार्वजनिक गर्ने जनाएको छ ।

पहिलो मोडल सन् २०२४ मै आउनेछ । कम्पनीको सन् १९६० र १९७० को दशकमा बनेका ई–टाइप मोडल उच्च प्रस्तुतिका लागि विश्व प्रख्यात थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad