ad ad

अटो


अटो व्यवसायसँग सम्बन्धित व्यवसायी र श्रमिकलाई खोपको व्यवस्था गर्न माग

अटो व्यवसायसँग सम्बन्धित व्यवसायी र श्रमिकलाई खोपको व्यवस्था गर्न माग

नेपालखबर
असार १४, २०७८ सोमबार ९:१९,

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले अटो व्यवसाससँग सम्बन्धित व्यवसायी, श्रमिक, कर्मचारीलगायत सबैलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।

नाडाले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराउन माग गरेको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक अपिल प्रकाशित गरी कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

‘विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले २०७८ वैशाख १६ गते देखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दै लगेको छ’ नाडाले भनेको छ, ‘सरकारले अटोमोबाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफ्नो व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .