अटो


टाटा मोटर्स स्पेयर पार्टसको उत्कृष्ट डिलरलाई टाटा एचफाइभ कार

टाटा मोटर्स स्पेयर पार्टसको उत्कृष्ट डिलरलाई टाटा एचफाइभ कार

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार १२:१,

टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रमअन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरिएको छ।

नेपालभर रहेका तीन सय च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरुमध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर्स उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ। साथै सम्मानस्वरुप टाटा मोटर्सको टाटा एचफाइभ कार प्रदान गरेको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा टाटा मोटर्सका आईबी हेड (पार्टस) राकेश मित्तल र सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठद्वारा संयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टसलाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराइदिएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ।

टाटालाई टाटा जेन्युइन पार्ट्स नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्ट्स उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायी सहकार्य गदै देश भरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहन तथा सम्मानका अन्य थुप्रै कार्यक्रमहरु लिएर आउन कम्पनीले आग्रह गरेको छ।

साथै आउदा दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याइने सिप्रदी अटो पार्ट्सका महाप्रबन्धक युवराज बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad