ad ad

बागमती


मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०७९ बिहिबार १७:०, काठमाडौँ

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदी गाउँपालिकाको जुरीखेतमा दुर्घटना भएको हो। 

बसमा ३३ यात्रु रहेको र बाँकी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी जवान किसन विकले जानकारी दिए।

घाइतेलाई उपचारका लागि हेटौंडा लगिएकाे उनले बताए। दिउँसाे साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बसमा यात्रारत ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

मृतक र घाइतेको पहिचान हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .